हरिपुर, ०६ असार – सर्लाहीको हरिपुरमा आज लागुऔषध नियन्त्रण सम्वन्धमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरिएको छ ।
लागुऔषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पहिलो दिन हरिपुर नगरपालिकाको सभाहलमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरिएको हो । हरिपुरका मेयर गोपाल पन्जियारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको विशिष्ठ आतिथ्यता र प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित जिल्लाका सुरक्षा अधिकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हरिपुर नगरपालिकाले जनायो ।
पछिल्लो समय निकै चूनौतिको विषय बनिरहेको लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि जिल्लामा पनि सप्ताहव्यापी रुपमा यस किसिमको कार्यक्रम गरिने भएको छ ।