logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नु : सिडिओ अधिकारी


  • उज्यालो अभियान

मलंगवा, ०५ असार – सर्लाहीमा अघिल्लो सातामात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई सेवाग्राहीहरुको गुनासो नआउने गरी सेवा प्रवाहको प्रवन्ध मिलाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा आज बसेको जिल्लास्थित कार्यालय प्रमुखहरुको नियमित बैठकमा उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।

बैठकले विकास निर्माणका योजना संचालन गर्ने कार्यालयले चालू आर्थिक वर्ष २०८०/०८१ का योजना समयमा गुणस्तरीय रुपमा सम्पन्न गर्न आवश्यक प्रवन्ध गर्ने, लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस असार ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने र मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति रोकथाम तथा न्यूनिकरणका लागि सबै कार्यालयहरुले पूर्व तयारी गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सरकारी सवारी साधनहरुको दुरुपयोग हुन नदिन कार्यालय प्रमुखहरुले विशेष ध्यान दिने निर्णय समेत गरेको छ ।