कौडेना, ०५ असार – सर्लाहीको कौडेना गाउँपालिकाले आज गाउँसभा गरेर बजेट प्रस्तुत गरेको छ ।
सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीका पालिकाहरु मध्ये कौडेना गाउ“पालिकाले आज गाउँसभाको आयोजना गरी ३५ करोड ७३ लाख ६८ हजार ९ सय ९९ रुपैयाँको बजेट ल्याएको हो । शिक्षा, स्वास्थ्य, सडक, भौतिक पुर्वाधार, खेती किसानी सहित सुद्घ खानेपानीका लागि आउँदो वर्ष आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएको गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले जानकारी दिए ।
उनले चुनाव ताका जनता समक्ष गरेको वाचा अनुरुप काम गरिरहेको दावी गरे । असार १० गते भित्र पालिकाहरुले गाउँ तथा नगर सभा गरेर बजेट ल्यउने प्रावधान अनुरुप अन्य पालिकाहरुले पनि बजेट ल्याउन अन्तिम तयारीमा लागेको जनाएको छ ।
नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यतामा आयोजित गाउसभामा गाउपालिका उपाध्यक्ष नगीना देवी, वडाध्यक्षहरु, गाउसभा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।