logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जापान अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि जानकारी सत्र


  • उज्यालो अभियान

लालबन्दी, ०४ असार – सर्लाहीको लालबन्दीस्थित एजुकेशन माइन्स कन्सलटेन्सीले आज जापान अध्ययन गर्न जाने इच्छुक विद्यार्थीका लागि कार्यक्रम नै आयोजना गरी विस्तृतमा जानकारी प्रदान गरेको छ ।

संस्थाले लालबन्दी नगरपालिका ९ स्थित होटल आर्या इनमा Study in japan Information Session संचालन गरेको हो । जापान जान इच्छुक विद्यार्थीका लागि कक्षा समेत संचालन गर्दै आइरहेको कन्सलटेन्सीले औपचारिक जानकारी सत्र नै आयोजना गरी विद्यार्थीलाई जापान जाँदा हाँसिल गर्नुपर्ने ज्ञान र चाल्नुपर्ने प्रोसेसबारे विस्तृतमा प्रष्ट पारिएको कन्सलटेन्सीका संचालक उत्सव वनले जानकारी दिए ।

लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यता तथा नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीको विशिष्ठ आतिथ्यतामा जापानमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी सत्र आयोजना गरिएको हो ।

यहाँबाट विद्यार्थी गएर अध्ययन गर्ने जापानस्थित एक विद्यालयबाट आएका असही काजुहिको समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।