कविलासी, ०३ असार – सर्लाहीको कविलासी नगरपालिकामा आजबाट ५ दिने योग शिविर सुरु भएको छ ।
कविलासी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा पहिलो पटक पालिकाभित्र योग शिविर आयोजना गरिएको हो । योग शिविरको आज बिहान जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख तथा पतन्जली योग समिति सर्लाहीका अध्यक्ष कौशलकिशोर सिंहले उद्घाटन गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, कविलासीका मेयर ब्रम्हदेव राय, उपमेयर पुनम कर्णलगायतको आतिथ्यता रहेको थियो ।
असार ७ गतेसम्म सञ्चालन हुने योग शिविरमा सहभागीलाई मुकेश मिश्र र शिवचन्द्र चौधरीले योग प्रशिक्षकका रुपमा योग गर्न सिकाउने छन् ।