हरिवन, ०२ असार – डाक्टर चन्दन चौधरीले आफ्नै ठाउँ हरिवन नगरपालिका ११ मा हिजो ५० जना मानसिक तथा मनोरोगीको निःशुल्क उपचार गरिदिएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको इन्चार्ज समेत रहेका डा. चौधरीले आफ्नै ठाउँमा स्थानीयको निःशुल्क उपचार गरिदिएका हुन् ।
आफ्नै ठाउँमा विशेषज्ञ चिकित्सकबाट पहिलो पटक निःशुल्क उपचार तथा परामर्श पाउँदा मानसिक तथा मनोरोगका बिरामीले राहत महशुस गरेका छन् । डा. चौधरीले पनि आफ्नो ठाउँमा यस प्रकारको सेवा गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।