logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एभरेष्ट एकेडेमीलाई मेयर गोल्डकपको उपाधि


  • उज्यालो अभियान

लालबन्दी, २७ जेठ – सर्लाहीको एभरेष्ट फुटबल एकेडेमीले बाराको गन्जभवानीपुरमा आयोजित प्रथम मेयर गोल्डकपको उपाधि उचालेको छ ।

महागढीमाई नगरपालिकास्थित गन्जभवानीपुरमा आयोजित प्रतियोगिताको फाइनलमा बारा–११ लाई १–० गोलले पराजित गर्दै एभरेष्टले उपाधि रक्षा गरेको हो । एभरेष्टको जितमा रोहित बम्जनले गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

जितसँगै एभरेष्टले नगद एक लाख रुपियाँसहित प्रथम ट्रफी हात पारेको छ । उपबिजेता बारा–११ ले ५० हजार रुपियाँ प्राप्त गरेको छ ।