लालबन्दी, २६ जेठ – नेपाल हृदयरोग निवारण प्रतिष्ठान सर्लाही शाखाको नयाँ नेतृत्व चयन भएको छ ।
आज लालबन्दीमा सम्पन्न प्रतिष्ठानको तेस्रो साधारण सभाले शिवप्रसाद न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा गठन गरेको हो । २०६९ सालमा स्थापना भएको प्रतिष्ठानमा निरन्तर बाबुकाजी नुच्छे प्रधान अध्यक्ष थिए ।
साधारण सभामा प्रतिष्ठानले अतिविशिष्ठ सदस्य त्रिभुवनप्रसाद गुप्ता, उमाशंकर साह, सुशील थपलिया, दिनेश ओमपोते र प्रयागराज पोतेलाई सम्मान गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष बाबुकाजी नुच्छे प्रधानको अध्यक्षता तथा मधेश प्रदेश सरकारकी उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेलीको प्रमुख आतिथ्यता र पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।