logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा हाजिर भए सिडिओ अधिकारी


  • उज्यालो अभियान

मलंगवा, २५ जेठ – सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारी आज हाजिर भएका छन् ।

सीडीओ अधिकारीले जिल्ला प्रशासन कार्यालय मलंगवामा हाजिर भई नेतृत्व सम्हालेका हुन् । । कन्चनपुरबाट सरुवा भएर यहाँ आएका अधिकारीलाई सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, सुरक्षा निकायका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले स्वागत गरेका छन् ।

सर्लाहीका यसअघिका प्रमुख जिल्ला अधिकारी राष्ट्रिय विपद् व्यवस्थान प्राधिकरण काठमाडौँमा सरुवा भएर गएका छन् ।