लालबन्दी, २५ जेठ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीमा भात (खाना) खाएर काठमाडौंमा रहेको कार्यालय भ्याउने दिने अब चाँडै आउने बताएका छन् ।
आज बिहान लालबन्दीमा क्युकोशिनकान कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री उप्रेतीले अब फाष्टट्रयाक निर्माणमा बिलम्ब नहुने र त्यो दिदन चाँडै आउने बताएका हुन् । उनले यही सरकारकै पालनामा फाष्टट्रयाक निर्माणको कामलाई पूर्णता दिन लागिपरिरहेको उल्लेख पनि गरे ।
उनले अब काठमाडौंमै घर नभए पनि यहाँ भात खाएर छिनका छिन काठमाडौं आउजाउ गर्ने दिन टाढा नरहेको बताए । मन्त्री उप्रेतीले सुनकोशी मरिण डाइभर्सन, रेल्वे लगायतले पनि तराईको भविष्य उज्वल रहेको बताएका छन् ।