logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा आज र भोली राष्ट्रिय स्तरको कराँते प्रतियोगिता हुँदै


  • उज्यालो अभियान

लालबन्दी, २५ जेठ – सर्लाहीको लालबन्दीमा आज र भोली दुई दिन राष्ट्रिय स्तरको कराँते प्रतियोगिता आयोजना हुँदै छ ।

नेपाल क्योकुशिन–कान कराँते संघले लालबन्दी ७ स्थित कृषि विकास बैंकको चौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागिय क्लबका समेत गरी २५० जना खेलाडीलाई सहभागी गराई क्योकुशिन–कान कराँतेमा प्रतिस्पर्धा गराइने प्रशिक्षक शशी देवकोटाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र बिजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिने छ ।

आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।