logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले सर्लाहीको शपथ ग्रहण आज, महासचिव पोखरेल आउँदै


  • उज्यालो अभियान

हरिपुर, २५ जेठ – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यले आज शपथ लिँदै छन् ।

जेठ पहिलो साता सदरमुकाम मलंगवामा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका ५ जना पदाधिकारी र ११९ जना सदस्य तथा लेखा समितिका अध्यक्षसहित ६ जना सदस्यले आज एकैसाथ शपथ लिन लागेका हुन् । उनीहरुलाई आज दिउँसो हरिपुरस्थित एक पार्टी प्यालेसमा पार्टीका महासचिव शंकर पोखरेलले शपथ ग्रहण गराउने कार्यक्रम छ ।

शपथपश्चात महासचिव पोखरेल र पार्टीका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले वर्तमान राजनीतिक अवस्थाबारे अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिने कार्यक्रम तय भएको एमाले सर्लाहीका नवनिर्वाचित उपाध्यक्ष विदुरकुमार प्याकुरेलले उज्यालो अभियानसँग बताए ।

एमाले सर्लाहीको भर्खरै सकिएको नवौं जिल्ला अधिवेशनबाट राजनारायण साहको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।