logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

स्वास्थ्यकर्मीका लागि ३ दिने तालिम प्रदान


  • उज्यालो अभियान

हरिपुर, २४ जेठ – स्वास्थ्य कर्मचारीहरुलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा हरिपुर र ईश्वरपुर नगरपालिकासँगको समन्वयमा संचालित समुन्नति परियोजना अन्तर्गत ईश्वरपुर र हरिपुर नगरपालिकाका २४ जना स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण निर्देशिका २०७९ ले निर्देशित गरेको संक्रमण रोकथाम तथा नियन्त्रणका सिफारिसमा अध्यावधिक भई स्वास्थ्य सेवा प्रदान गर्दा सिफारिस गरे अनुरुप व्यवहारमा ल्याउने उदेश्यले सो तालिम दिइएको हो ।

राज कुमार सिंह र पार्वती दाहालको सहजिकरणमा आयोजित तालिमको आज संस्थाका फिल्ड सुपरभाईजर रामविश्वास चौधरीले जानकारी दिए । तालिमको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेको उपस्थितिमा आज समापन गरिएको हो ।