लालबन्दी, २४ जेठ – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आज उद्यमशीलता संग्रहालयको उद्घाटन गरिएको छ ।
क्याम्पसको स्नातक तह चौंथो वर्षमा अध्ययनरत् विद्यार्थीको सक्रियतामा क्याम्पसमा उद्यमशीलता संग्रहालयको स्थापना गरिएको हो । उक्त संग्रहालयको आज क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार अधिकारीले उद्घाटन गरेका छन् ।
संग्रहालयमा ढिकी, जाँतो, ढेकी, डालो, हलो, जुवासहितका नेपाली सँस्कृति र इतिहाँससँग जोडिएका सरसामग्री राखिएको छ ।
संग्रहालयको उद्घाटनका अवसरमा आजै स्नातक तह चौंथो वर्षमा अध्ययनरत् विद्यार्थीलाई बिदाई गरिएको छ ।