मलंगवा, २३ जेठ – सर्लाहीबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोमलप्रसाद धमला आज बिदाई भएर गएका छन् ।
उनी जिल्ला प्रशासन कार्यालय मलंगवाबाट औपचारिक रुपमा बिदाई भएर गएका हुन् । गृह मन्त्रालयले केही दिनअघि केही जिल्लाका सिडिओ हेरफेर गर्दा सहसचिव धमलाको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण वा अन्तर्गत सरुवा भएको छ ।
सर्लाहीमा भने जिल्ला प्रशासन कार्यालय कन्चनपुरको प्रमुख जिल्ला अधिकारी रहेका गोपाल कुमार अधिकारी आउँदै छन् । अधिकारी भोली कार्यालयमा हाजिर हुने जिल्ला प्रशासन कार्यालयले जनायो ।