logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छोराले चलाएको मोटरसाइकलबाट खसेर बुवाको मृत्यु


  • उज्यालो अभियान

बागमती, २३ जेठ – बागमती नगरपालिका–१, मिलनचोकमा आफ्नै छोराले चलाएको मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु भएको छ ।

दुर्घटनामा बाराको कोल्हबी नगरपालिका–१, का ६५ वर्षीय निलबहादुर प्रसाईको मृत्यु भएको हो । निलबहादुर हिजो दिउँसोपख छोरा ३६ वर्षीय राजु प्रसाईले चलाएको बा ९१ प ९३६२ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ राजमार्गमा पल्टँदा गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा आज बिहान एलएस न्यूरो अस्पताल कलैयामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।