logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनको कडरिया चोकमा प्रहरी बिट राखियो, सिसी क्यामेरा पनि जडान


  • उज्यालो अभियान

हरिवन, २२ जेठ – बारम्बार सवारी दुर्घटना भइरहने सर्लाहीको हरिवन नगरपालिका ११ कडरिया चोकमा प्रहरी बिट राखिएको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्ने र प्रहरीले सो चोकमा प्रत्यक्ष निगरानी बढाउने उद्देश्यसहित हरिवन नगरपालिकाले स्थायी प्रहरी बिट स्थापना गरिदिएको हो । सो प्रहरी बिटको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला भएर संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

प्रहरीले अब त्यहाँ अस्थायी डिभाइडर राखेर सवारी चेकजाँच पनि गर्ने छ । प्रहरी बिट स्थापनाकै अवसरमा हरिवन नगरपालिकाको विभिन्न स्थानमा २ थान एएनपिआर क्यामेरासहित २७ थान सिसी क्यामेरा जडान गरी औपचारिक उद्घाटन गरिएको छ ।

प्रहरी बिट र सिसी क्यामेराको उद्घाटन कार्यक्रममा कार्यालयको तर्फबाट नागरिक सुनुवाई कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले जानकारी दिए ।