logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विद्यालयलाई १० थान पंखा सहयोग


  • उज्यालो अभियान

बरहथवा, २२ जेठ – एक मनकारी युवाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा रहेको माध्यमिक विद्यालयलाई पङ्खा सहयोग गरेका छन् ।

चर्को गर्मीमा पङ्खा नहुँदा विद्यार्थीलाई कक्षाकोठामा बसेर पढन असाध्य समस्या भइरहेको थियो । सोही समस्यालाई मध्यनजर गर्दै बरहथवा नगरपालिका–१४, का चन्दन ठाकुरले जनता माध्यमिक विद्यालय हीरापुर लौकठलाई १० थान पङ्खा सहयोग गरेका हुन् ।

ठाकुरले आज बिहान वडाध्यक्ष नवराज राई, विद्यालयका प्रधानाध्यापक ज्ञानकुमार महतो, व्यवस्थापन समितिका सदस्य सन्जिव हुमागाईलगायतलाई पङ्खा हस्तान्तरण गरेका छन् ।

३० हजार रुपियाँ बराबरको पङ्खा सहयोग गर्ने ठाकुरलाई विद्यालयले धन्यवाद् पत्रसहित सम्मान गरेको छ ।