logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

`राज्यले अझैपनि मधेशलाई हेला गरिरहेकाे छ’ महन्थ ठाकुर


  • उज्यालो अभियान

सदस्यता प्रदान गर्दै अध्यक्ष महन्थ ठाकुर । (तस्बिर : उज्यालाे अभियान)

कार्यक्रममा उपस्थित नेताहरु । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा, १४ जेठ – लाेकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले राज्यले अहिल्य पनि मधेशलाई हेला गरिरहेकाे आराेप लगाएका छन् ।

पार्टीले आईतबार सदरमुकाम मलंगवामा आयाेजना गरेकाे सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै लाेसपा अध्यक्ष ठाकुरले त्यस्ताे आराेप लगाएका हुन् । `मधेशकाे मुद्धामा सरकारले पटक-पटक सम्झाैता गर्ने तर पूर्ण रुपमा कार्यान्वयन नगर्ने प्रवृत्ति कायम रहँदा मधेशीले अपमान महसुस गर्नु परिरहेकाे छ’ ठाकुरले भने, `केपी ओली, शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा भएका सम्झाैता आंशिक रुपमा मात्र लागू भएकाे छ, पूर्ण रुपमा कार्यान्वयन नै भएकाे छैन ।’

अझैपनि जनसंख्याखाका आधारमा राज्यमा मधेशीकाे प्रतिनिधित्व हुन नसकेकाे उल्लेख गर्दै ठाकुरले मधेसका गौतम बुद्घ, माता सिता लगायत नेपालको भनेर चिनाउने तर मधेशबासीलाई नेपाली नै हैनन् जस्ता ब्यवहार भइरहेको गुनासाे गरे ।

पार्टी संगठनका बारेमा बाेल्दै वडा-वडामा कमिटी गठन गरेर संगठन निर्माणलाई तिब्रता दिन ठाकुरकाे कार्यकर्तालाई आग्रह थियाे । `वडा वडा तहमा संगठन मजबुत भएमात्र पालिका र क्षेत्रमा चुनाव जित्न सकिन्छ’, उनले भने, `त्यसैले संगठन सुदृढिकरणमा लाग्नाेस् ।’

अध्यक्ष ठाकुरले राज्यकै निकायको गल्तीका कारण कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थुनामा परेको जनाएका छन् । ठाकुरले नागरिकताको बहाना बनाएर सिराेहियालाई पुर्वाग्रही ढंगले थुनामा राखेकोे भन्दै सरकारलाई सचेत समेत गराएका छन् ।

विजय ठाकुरले सञ्चालन गरेकाे कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा पूर्व मन्त्री शरद सिंह भण्डारी, मधेश प्रदेश अध्यक्ष जितेन्द्र साेनल, मधेश प्रदेश सभामा पार्टीका उपनेता उपेन्द्र महताे लगायतले सम्बाेधन गरेका थिए । पार्टीका युवा नेता मिथिलेश यादवका अनुसार कुसुम पार्टी प्यालेसमा आयाेजित कार्यक्रममा विभिन्न पार्टी त्यागेर लाेसपा प्रवेश गरेका जिल्ला स्थित सयाैं नेता कार्यकर्तालाई अध्यक्ष ठाकुर, वरिष्ठ नेता भण्डारीले फुलमाला सहित सदस्यता प्रदान गरेका छन् ।