बसबरिया, १३ जेठ – ट्याक्टर र माेटरसाईकल एकआपसमा ठक्कर खाँदा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।
बसबरिया गाउँपालिका-१ मानपुर स्थित बिनवाटोलबाट मानपुर तर्फ जाँदै गरेको म.प्र.०३-०३०प ९८५८ नम्बरको मो.सा. र मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जादै गरेको प्र.२-०२-००१ त २२८० नम्बरको ट्याक्टर शनिबार साँझ पाैने ६ बजे जुधेकाे प्रहरीले जनाएकाे छ । मोटरसाईकल चालक धनकौल गाउँपालिका-३ हरकठवा निवासी ३० वर्षीय सुरेश कुमार सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । रामनगर गापा अन्तर्गत सिसौट निवासी ट्याक्टर चालक ५० वर्षीय राम अबतार साहलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।