लालबन्दी, ०६ जेठ – सर्लाहीमा नेपाल मोबाइल व्यवसायी महासंघको जिल्ला कार्य समिति गठन गरिएको छ ।
लालबन्दी नगरपालिका १३ पत्थरकोटमा हिजो (शनिबार) सम्पन्न जिल्लाभरका मोबाइल व्यवसायीको भेलाबाट आकाशकुमार श्रेष्ठ अध्यक्ष रहेको १७ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिमा लालबाबु साह उपाध्यक्ष, बैजु साह महासचिव, खेमचन्द्र थापा कोषाध्यक्ष, रामप्रवेश साह रौनियार सचिव, विजय कुमार लामा सह–कोषाध्यक्षलगायत अन्य सदस्य रहेका छन् ।
यसैगरी सदस्यहरुमा रामविश्वास महतो, उत्तम कुशवाहा, हसरत अली, पप्पु साह, पदम घिमिरे, अर्जुन कुमार महतो, विकास बराल, ग्रिवराज त्रिपाठी, मन्देश्वर कुशवाहा, दीपेन्द्र महतो र समर लामा रहेका छन् ।
नेपाल मोवाइल व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मोहन कार्कीको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको लालबन्दीका मोवाइल व्यवसायी सुदीप बरालले जानकारी दिएका छन् ।