बयलवास, ०६ जेठ – सर्लाहीको बयलवासमा आज बिहान एक जना वृद्धलाई उपचारका लागि हेलिकप्टर झिकाएर काठमाडौं लगिएको छ ।
ईश्वरपुर नगरपालिका ६ का ९२ वर्षीय शम्भु मैनालीलाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं लगिएको हो ।
पहिलेदेखि नै बिरामी रहेका मैनालीलाई परिवारले आज बिहान श्री एयर लाइन्सको हेलिकप्टरबाट काठमाडौं लगेका स्थानीयले बताएका छन् ।