logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पार्टी टुक्रिएपछि मलंगवामा जसपा नेपालको पहिलो विस्तारित बैठक


  • उज्यालो अभियान

मलंगवा, ०५ जेठ – पार्टी टुक्रिएपछि आज जनता समाजवादी पार्टी नेपाल सर्लाहीको पहिलो विस्तारित बैठक सदरमुकाम मलंगवामा बसिरहेको छ ।

पार्टी फुटेपछि पार्टीका जिल्ला स्तरका शिर्षस्त नेताहरु समेत उपस्थित भएर बैठक बसेको हो । जिल्ला अध्यक्ष वीरेन्द्र रायको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सुदृढ बनाउँदै बिचलित नभई अघि बढ्ने निर्णय गरेको छ ।

बैठकमा पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेश सरकारका अर्थ मन्त्री समेत रहेका सन्जय रायलगायत उपस्थित भइरहेका छन् ।