logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जसपाको मधेश संयोजकमा अशोक यादव, कार्यक्रताद्वारा जिल्लामा स्वागत


  • उज्यालो अभियान

सलेमपुर, ०५ जेठ – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को मधेश प्रदेश संयोजकमा सर्लाहीका अशोक यादव नियुक्त भएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छाडेर नयाँ गठित जसपामा लागेका यादवलाई पार्टीले तत्कालका लागि प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । कविलासी नगरपालिकाको सलेमपुर निवासी यादव जसपा नेपालको जिल्लामा प्रभावशाली नेता मानिन्थे ।

उनी जसपा नेपालबाट जसपामा प्रवेश गरी प्रदेशको जिम्मेवारी पाएपछि हिजो कार्यकर्ताले जिल्लाको विभिन्न स्थानमा फूलमाला र अविरले स्वागत गर्दै बधाई ज्ञापन गरेका छन् । जसपाका नवनियुक्त प्रदेश संयोजक यादवले जसपा नेपालले सत्तामा बढी केन्द्रित भई उत्पीडनमा परेका मधेसी, आदिवासी, जनजाति, महिला र मुस्लिमको मुद्दामा बेवास्ता गरेपछि सो पार्टी छाडेर जसपामा लागेको प्रतिक्रिया दिएका छन् ।

निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका यादवले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारबाट मधेशी नागरिकले ठूलो अपेक्षा गरेपनि प्रदेश सरकार कमिसनमा लिप्त भएको आरोप लगाए ।