logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

यस्तो छ, एमाले सर्लाहीको चुनावमा उठेका उम्मेदवारहरुले पाएको मत


  • उज्यालो अभियान

मलंगवा, ०३ जेठ – नेकपा एमाले सर्लाही नवौं जिल्ला अधिवेशन अन्तर्गत भएको मतदानबाट पदाधिकारीहरुको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष राजनारायण साह सहित उनकै प्यानल निर्वाचित भएका छन् ।

अध्यक्षमा राजनारायण साह २८० मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाईं २६८ र जय प्रकाश यादवले २० मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा विदुर प्याकुरेल २६२ सहित विजयी भएभने पार्वती विश्वकर्मा १७१ र प्रकाश थापाको १२१ मत रहेको छ । सचिबमा १७७ मत सहित डिल्ली अधिकारी विजयी भएभने बलराम पोखरेल १३९, सुनिल श्रेष्ठ १३१ र चूडामणि वाग्लेले ८६ मत पाए ।

उपसचिव महिलातर्फ विभा नेपाल २६३ मत सहित विजयी भईन् भने ईश्वरपुर नगरपालिकाकी पूर्व उपमेयर एकावती चौधरी ५ मतले हारिन् । उपसचिव खुल्लातर्फ बलराम एस्माली मगरले २१७ मत पाई विजयी भएका छन् भने अन्य उम्मेद्वार अजय सिंह १०१, मोहन भण्डारी १०२, सन्तोष आचार्य ७१, लक्ष्मण साह कलवार १८ र संजिव सिंहले १७ मत पाएका छन् ।

त्यस्तै लेखा समिति अध्यक्षतर्फ १६३ मत सहित रमेश चौलागाईं विजयी भए भने उत्तम परियार १ मतले पराजित भए । परियारको १६२ मत आउँदा माधव प्रसाद सुवेदीको १५१ मत रहेको थियो । लेखा समिति सचिबमा हरिवन नगरपालिकाकी पूर्व उपमेयर रेणुका पौडेल २५२ मत सहित विजयी भईन् भने विनय कुमार साह १२८ र लक्ष्मी कुमारी दाहालको ८८ मत रहेको छ ।

लेखा समिति सदस्य पुरुषतर्फ खेम बहादुर भण्डारी २५२ र प्रेम बहादुर महत १९६ मत सहित विजयी हुँदा सन्देशमणि खड्काले १६२ मत मात्र प्राप्त गरे । त्यसैगरी दलित महिला सदस्यतर्फ चन्द्रकला विक १७२ मत सहित विजयी भईन् भने जया कुमारी पासवान १६३ र श्यामा विक ७२ मत सहित पराजित भएका छन् । मुस्लिमतर्फ खुल्लामा २ जना समिम खान २५१ र शेख सैउद २३० मत सहित विजयी भए भने जाकिर अन्सारी १७५ मत सहित पराजित भए । अपांगतर्फ खुल्लामा रविन कुमार मैनाली १४१ मत सहित विजयी भएभने श्याम खड्का १२६, बुधन साह ११९, जासर प्रसाद ७८ मत सहित पराजित भएका छन् ।

त्यस्तै यसअघि आदिवासी जनजातीतर्फ ५ जना र मजदुरतर्फ ३ जना जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भईसकेका छन् । जनजातीतर्फ शंकर राम श्रेष्ठ, चन्द्र बहादुर दोङ, योगेन्द्र चौधरी, निर्मला लामा र लक्ष्मी मंग्राती निर्वाचित भएका हुन् भने मजदुरतर्फ पोष्ट कुमार लुईंटेल, दिलिप कुमार साह र शान्ता देवी राई निर्वाचित भएका हुन् ।

५ जना खुल्ला सदस्यहरु तथा भूगोलतर्फ केही पालिकाको मतगणना बाँकी रहेको छ । खुल्ला सदस्यमा २३ जनाको उम्मेद्वारी परेको छ । त्यसैगरी भूगोलतर्फ केही पालिकामा निर्विरोध भएपनि बाँकी पालिकामा मतदान नै भएको छ । अब खुल्ला सदस्य र भूगोलतर्फका सदस्यहरुको मतगणना सूरु हुने बताईएको छ ।