logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चर्को गर्मीमा ट्रान्सफर्मर बिग्रिएर बिजुली अवरुद्ध भएपछि समस्यामा


  • उज्यालो अभियान

पिपरीया, ०३ जेठ – ट्रान्सफर्मर बिग्रिएर हिजोदेखि नै बिजुली बत्ती अवरुद्ध भएपछि सर्लाहीको कविलासी नगरपालिका १ र २ पिपरीयाका स्थानीय मारमा परेका छन् ।

कविलासी २ मा जडित एक सय केभीको ट्रान्सफर्मर जलेपछि स्थानीय सय भन्दा बढी घरधुरी बिजुलीबाट बन्चित बनेका हुन् । अत्यधिक गर्मीमा बिजुली नहुँदा स्थानीयले पंखा समेत चलाउन नपाउँदा समस्या परेको गुनासो गरेका छन् ।

यसअघि पनि बारम्बार बिग्रने गरेको ट्रान्सफर्मर मर्मतपछि जेनतेन संचालन हुँदै आएको थियो । हिजोदेखि भने पूर्णरुपमा बिग्र्रिएर बत्ती अवरुद्ध बनेको हो ।

नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले पिपरीयामा अर्को नयाँ ट्रान्सफर्मर जडान गर्नका लागि प्राविधिक परिचालन भइसकेका र आजै बत्ती सूचारु हुने उज्यालो अभियानसँग बताए । यादवका अनुसार पिपरिया र हरिवन क्षेत्रमा बिग्रिएको दुईवटा ट्रान्सफर्मर फेर्न लागिएको छ ।