logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नवलपुर–मलंगवा ३३ केभी लाइनको नयाँ तार फेर्ने काम पुनः सुरु, दैनिक ७ घण्टा बत्ती नआउने


  • उज्यालो अभियान

मलंगवा, ०३ जेठ – नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले आजबाट पुनः नवलपुर–मलंगवा ३३ केभी लाइनको कण्डक्टर अपग्रेडिङ अर्थात् पुरानो तार हटाई नयाँ तार फेर्ने काम सुरु गरेको छ ।

तार फेर्ने काम बिचमा केही साता रोकिएको थियो । वितरण केन्द्रले सूचना जारी गरी आजबाट त्यो काम फेरि सुरु गरिएको जनाएको हो । तार फेर्ने कामका लागि मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आजबाट दैनिक ७ घण्टा बत्ती काट्न सुरु गरिएको छ ।

बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बत्ती काट्न सुरु गरिएको हो । मलंगवा वितरण केन्द्रले तार फेर्ने काम गर्नुपर्ने भएकाले जेठ १२ गतेसम्म सो समयमा बत्ती नआउने जनाएको छ ।

यता उपभोक्ता भने चर्को गर्मीमा ७ घण्टासम्म बत्ती काटिन थालेपछि मारमा परेका छन् ।

उपभोक्ताले यसअघि पनि निश्चित समय तोकेर तार फेर्ने काम हुँदा तोकिएको समयपछि बत्ती नआएको व्यापक गुनासो गरेका थिए ।