logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वडाध्यक्ष आफैले दिए बर्थिङ सेन्टरलाई १० लाखको जग्गा


  • उज्यालो अभियान

संग्रामपुर, ०३ जेठ – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–१, मा बर्थिङ सेन्टर निर्माणका लागि वडाध्यक्ष सतेन्द्र रायले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

उनले स्वर्गिय बुवा रामइश्वर राय यादवको नाममा बर्थिङ सेन्टरका लागि एक कठ्ठा १७ धुर जग्गा निःशुल्क प्रदान गरेका हुन् । चलनचल्तीको मूल्य अनुसार उक्त जग्गा १० लाख रुपियाँ बराबरको रहेको छ ।

सो जग्गामा बर्थिङ सेन्टर निर्माणका लागि मधेश प्रदेश सरकारले यो वर्ष २५ लाख रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष रायले जानकारी दिए । बर्थिङ सेन्टरको हिजो बिहान गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव, उपाध्यक्ष नुतन देवी, वडाध्यक्षलगायत भएर संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

आगामी असार मसान्तभित्रै बर्थिङ सेन्टरको भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।