logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले सर्लाहीको नेतृत्व चयन गर्न सुरु भयो मतदान


  • उज्यालो अभियान

मलंगवा, ०२ – नेकपा एमाले सर्लाहीको नेतृत्व चयन गर्न केहीबेर अघिबाट मतदान सुरु भएको छ ।

निर्वाचन समितिले मतदानका लागि राति ८ बजेसम्मको समय दिएको छ । एक पटकमा ६ जनाले मतदान गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

मतदानमा ६१० जना प्रतिनिधिले भाग लिँदै छन् ।

बिहान ८ बजेपछि नै मतदान सुरु हुने भनिए पनि निकै ढिलो गरी मतदान प्रारम्भ भएको हो ।

एमाले सर्लाहीको नयाँ नेतृत्वका लागि राजनारायण साह, गणेश प्रसाद प्रसाई र जयप्रकाश यादव प्यानलसहित चुनावी मैदानमा छन् ।