logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले जिल्ला अधिवेशन : दिउँसो ३ बज्दा पनि सुरु भएन मतदान


  • उज्यालो अभियान

अध्यक्षमा उम्मेदवारी दिएका साह, प्रसाई र यादव । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०२ जेठ – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान दिउँसो ३ बज्दा पनि सुरु हुन सकेको छैन् ।

साँझ पर्दै जाँदा पनि मतदान सुरु नहुँदा जिल्लाभरबाट मलंगवा पुगेका प्रतिनिधिहरु अन्यौलमा परेका छन् ।

पार्टीको आन्तरिक कारणले मतदान सुरु हुन सकेको छैन् । स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रिय नेताले मिलेरै जान दबाब दिइरहेकाले मतदान सुरु गर्न ढिलाई भएको हो ।

एमाले सर्लाहीको अध्यक्षमा निवर्तमान अध्यक्ष राजनारायण साहसहित गणेशप्रसाद प्रसाई र जयप्रकाश यादवले उम्मेदवारी दिएका छन् । उनीहरुले अन्य पदाधिकारीसहित प्यानलसहित नै उम्मेदवारी दिएका छन् ।