logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीका इन्स्पेक्टर फेरिए


  • उज्यालो अभियान

नयाँ सरुवा भएर आएका इन्स्पेक्टर पाठक (खादा ओढेको बायाँ) र सरुवा भएका पुराना इक्स्पेक्टर केसी (दायाँ)

लालबन्दी, ०२ जेठ – लालबन्दीस्थित इलाका प्रहरी कार्यालयको इन्चार्ज फेरिएका छन् ।

यहाँ नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजन पाठक आज बिहान हाजिर भएका हुन् । इन्स्पेक्टर पाठक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल काठमाडौंबाट सरुवा भएर आएका इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।

 

यसअघिका इन्स्पेक्टर हरिबोल केसीको नेपाल प्रहरी विशेष सुरक्षा गण रातामाटे मकवानपुरमा सरुवा भएको छ । यसअघिका इन्स्पेक्टर केसीको आजै बिदाई गरिएको छ भने नयाँ सरुवा भएर आएका इन्स्पेक्टर पाठकलाई स्वागत गरिएको छ ।