logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सुखेपोखरीमा ५ दिने योग विज्ञान शिविर सुरु


  • उज्यालो अभियान

हरिवन, ०१ जेठ – सर्लाहीको हरिवन नगरपालिका–१० सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आजबाट ५ दिने योग विज्ञान शिविर सुरु भएको छ ।

पतन्जली योग समितिको आयोजनामा आज बिहान आयोजक समितिको जिल्ला महिला प्रभारी बुककुमारी थापाको अध्यक्षता तथा समितिकै मधेश प्रदेश संरक्षक तथा एवं जिल्ला अधिकारी कोमलप्रसाद धमलाको प्रमुख आतिथ्यतामा योग शिविरको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको समितिका सल्लाहकार शिवचन्द्र चौधरीले जानकारी दिए ।

योग अभ्यासमा आज पहिलो दिन नै स्थानीयको बाक्लो उपस्थिति देखिन्थ्यो ।

यसअघि केही साता पहिले हरिवनकै वडा नं. २ स्थित रामअवतार माध्यमिक विद्यालय अत्रौलीमा भएको योग शिविरमा पनि उल्लेख्य रुपमा मानिसको उपस्थिति थियो ।