नवलपुर, ३१ बैशाख – कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले आज बिहान देशकै सबैभन्दा ठूलो सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको निरीक्षण गरेका छन् ।
नेकपा एमाले सर्लाहीको अधिवेशनमा सहभागी हुन आएकी सो पार्टीकी नेतृ समेत रहेकी मन्त्री महतोले त्यसै अवसरमा बागवानी केन्द्रको निरीक्षण गरेका हुन् ।
बागवानीको अवस्थाबारे निमित्त कार्यालय प्रमुख रामकुमार यादवले मन्त्री साहलाई अवगत गराएका छन् ।
केन्द्रले यो वर्ष लिची ठेक्का लगाइसकेको छ भने आँपको ठेक्का लागि सूचना प्रकाशित गरेको छ ।