मलंगवा, ३० वैशाख – नेकपा एमाले सर्लाहीकाे जिल्ला अधिवेशन उद्घाटन समाराेहमा `डेमाेस्टेशन’ देखाउने क्रममा एक युवक घाईते भएका छन् ।
सदरमुकाम मलंगवा स्थित कभर्डहलमा आईतबार दिउँसाे आयाेजित उद्घाटन समाराेहमा कराँतेकाे कलाकाैशल देखाउने क्रममा लालबन्दी नगरपालिका-२ निवासी आशुताेष पासवान घाईते भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । पक्की घरमा विछ्याउन प्रयाेग हुने टायल्सलाई लात्तिले हानेर फुटाउने कला देखाउने क्रममा २५ वर्षीय पासवान घाईते भएका हुन् ।
प्रहरीका अनुसार पासवानकाे दाहिने खुट्टाकाे पैतालाकाे माथिल्लाे भागमा टायल्सकाे टुक्राले काटेर ५ ईन्च लामाे तथा २ ईञ्च गहिराे घाउ भएकाे छ । उनकाे सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे छ ।
एमाले राष्ट्रिय उपाध्यक्ष विष्णु पाैडेलकाे प्रमुख आतिथ्यता तथा संघीय सरकारका रक्षा मन्त्री हरि प्रसाद उप्रेती लगायतकाे आतिथ्यता रहेकाे थियाे ।