मलंगवा, २६ बैशाख – विष्णु गाउँपालिका–१, बाराउद्योरणस्थित पूर्वारी टोलका पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिले नगद सहयोग गरेको छ ।
समितिका अध्यक्ष एवं सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आगलागीबाट विस्थापित ६० परिवारलाई बस्तीमै पुगेर नगद हस्तान्तरण गरिएको उज्यालो अभियानसँग बताए । उनका अनुसार पाँच जना भन्दा कम सदस्य रहेका परिवारलाई १५ हजार रुपियाँ र पाँच जना भन्दा बढी सदस्य रहेका परिवारलाई २० हजार रुपियाँका दरले नगद प्रदान गरिएको छ ।
अघिल्लो हप्ताको बिहीबार दिउँसो भारतीय सीमा नजिकै पर्ने बाराउद्योरण गाउँको पूर्वारी टोलमा आगलागी हुँदा ६० घर जलेर खरानी भएका थिए ।