logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमालेको जिल्ला अधिवेशनलाई वडाबाट छानिए ४ सय बढी प्रतिनिधि


  • उज्यालो अभियान

मलंगवा, २३ बैशाख – नेकपा एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशनका लागि हिजो एकै दिन जिल्लाका २० वटै पालिकाबाट जिल्ला अधिवेशन प्रतिनिधि छानिएका छन् ।

२० पालिकाका दुई सय वडाबाट ४ सय बढी प्रतिनिधि छनौट भएका एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । उनका अनुसार यिनै प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिएर नेतृत्वमा सहमती हुन नसके मतदान गर्न पाउने छन् । यि सहित जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्यसहित विभिन्न जनवर्गिय संगठनका प्रमुख समेत गरी साँढे ६ सयको हाराहारीमा हुने प्रतिनिधिले नेतृत्वलाई मत दिन पाउने छन् ।

एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशन वैशाख ३० गते सदरमुकाम मलंगवामा हुँदै छ । ३० गते अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन् ।

वैशाख ३१ गते र जेठ १ गते बन्द सत्र चल्ने छ ।