रानिगन्ज, २१ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर खोलामा अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन गर्ने ७ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले हिजो अपरान्ह ती टिपर नियन्त्रण लिएर कार्यालयमा ल्याएको छ । अनाधिकृत रुपमा बालुवा तथा गिट्टी उत्खनन गरी टिपरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको लालबन्दी प्रहरीले जनाएको छ ।
ति टिपर आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय मलंगवामा बुझाइने छ ।