logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उन्नत जातको बाख्रा वितरण


  • उज्यालो अभियान

बलरा, २१ बैशाख – सर्लाहीको बलरा नगरपालिकामा किसानलाई नस्ल सुधार गरिएको ६६ वटा बाख्रा वितरण गरिएको छ ।

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नेपाल एकीकृत विकास समाजले साना किसान तथा यूवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत किसानलाई नस्ल सुधार गरिएको बाख्रा वितरण गरेको हो । बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाको उपस्थितिमा नगरपालिका कार्यालय परिसरमै किसानलाई बोलाएर बाख्रा वितरण गरिएको नेपाल एकीकृत विकास समाजका सचिव दीवाकर झाले जानकारी दिए ।

झाले आर्थिक अवस्था कमजोर रहेका किसानलाई आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको बताएका छन् ।

यस्तै लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाले पनि आफ्ना महिला सदस्यलाई बाख्राको पाठी वितरण गरेको छ । संस्थाले ७० जना महिला किसानलाई बाख्राको पाठी वितरण गरेको हो ।