logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विषालु सर्पले लियो बालकको ज्यान


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास, १९ बैशाख – ईश्वरपुरमा विषालु सर्पले डसेर एक बालकको ज्यान गएको छ ।

ईश्वरपुर नगरपालिका ८ ईश्वरपुुर टोल निवासी रामप्रकाश चौधरीका छोरा १४ वर्षीय विक्रोस चौधरीको मृत्यु भएको हो । बालकलाई आज बिहान आफ्नो घरमा सुतेकै ठाउँमा करेत सर्पले डसेको थियो ।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न ल्याइएका बालकलाई यहाँ उपचार सम्भव नभएपछि जनकपुर लैजानेक्रममा बाटोमा नै ज्यान गएको हो ।