लालबन्दी, १८ बैशाख – मधेश सरकारकी श्रम तथा यातायात मन्त्री बेची लुंगेलीलाई आज सामुदायिक रेडियो एकताले सम्मान गरेको छ ।
लालबन्दी नगरपालिका ५ स्थित रेडियोकै कार्यालयमा मन्त्री लुंगेलीलाई रेडियोका अध्यक्ष गोविन्द बहादुर महतले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मान गरेका छन् । रेडियोको साँढे ४ तले कार्यालय भवन निर्माणमा अतुलनिय योगदान पुर्याउने सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य समेत रहेकी लुंगेलीलाई सफल कार्यकालको शुभकामनासहित बधाई स्वरुप सम्मान गरिएको अध्यक्ष महतले बताए ।
उनले मन्त्री लुंगेलीलाई आम नागरिकमा आशा र भरोसा जागृति हुने गरी काम गर्न सुझाव दिएका छन् । लुंगेलीले आफ्नो कार्यकालमा श्रम तथा यातायातको क्षेत्रमा आम नागरिकले भोग्नु परिरहेको समस्या समाधान गर्न भरपुर प्रयास गर्ने बताईन् ।
मन्त्री लुंगेलीको सम्मान कार्यक्रममा रेडियोका संचालक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।