logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुई जना पुर्पक्षमा कारागार चलान


  • उज्यालो अभियान

बागमती, १८ बैशाख – सर्लाहीको बागमतीबाट कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई जना पुर्पक्षमा कारागार चलान भएका छन् ।

गएको चैत २० गते बागमती नगरपालिका–४, जिरायत जङ्गल टोल बस्ने ७० वर्षीया पार्वती देवीको हत्यामा संलग्न रौतहटको वृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद चौधरी कारागार चलान भएका छन् । धान चोर्न गएका चौधरीले प्रतिकार गर्दा पार्वती देवीलाई काठको चिरपटले प्रहार गरी हत्या गरेका थिए ।

हत्या लगत्तै चैत २१ गते पक्राउ परेका चौधरीलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारगार चलान गर्ने आदेश दिएको हो । यस्तै बागमती नगरपालिका–२, शितलनगर बस्ने ६७ वर्षीय हेमबहादुर बस्नेतलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलानको आदेश दिएको छ ।

बस्नेतले चैत २३ गते श्रीमती ६४ वर्षीया विष्णुकुमारी बस्नेतलाई टाउको, हात तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी शक्त घाइते बनाएका थिए ।

घटनापछि फरार रहेका बस्नेतलाई पक्राउ गरी अदालत पेश गर्दा पुर्पक्षमा कारागार चलान गर्ने आदेश भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले बताए । उनका अनुसार चौधरी र बस्नेत दुवैलाई अदालतको आदेश अनुसार कारागार कार्यालय मलंगवा चलान गरिएको छ ।