logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी धमाधम पक्राउ


  • उज्यालो अभियान

हरिवन, १७ बैशाख – हरिवन प्रहरीले अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीलाई धमाधम पक्राउ गर्न थालेको छ ।

गएसाँझ हरिवन ४ स्थित लखन्देही खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । दुई दिनअघि हरिवन नगरपालिका–५, घुर्कौलीस्थित लखन्देही खोलामा अवैध ढङ्गले नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनको टोलीले अवैद्य रुपमा उत्खनन गर्दै गरेको एउटा जेसिबी र चारवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

हरिवन प्रहरीले तीन दिनअघि हरिवन नगरपालिका–८, पुरानो बजारबाट नदीजन्य पदार्थ ढुंगा लोड गरेर जाँदै गरेको दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका सवारी जिल्ला समन्वय समितिको कार्यालयमा निर्धारित जरिवाना बुझाएपछि मात्रै छाडिने हरिवनका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक अनिलराज गिरीले बताए ।