logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टामा विद्युत् सर्ट भएर आगलागी, एउटा घर जलेर नष्ट


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

चक्रघट्टा, १६ बैशाख – सर्लाहीको चक्रघट्टा गाउँपालिका–८, मा आज विद्युत् सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

चक्रघट्टा गाउँपालिका ८ का धरीक्षण रामको बाँसको टाटी र खपडाको छानो भएको घर आगलागीमा परेर जलेको हो । दिउँसो २ बजेपछि भएको आगलागीबाट घरसहित घरभित्र रहेको सरसामग्री जलेर नष्ट हुँदा १ लाख ५६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी औरहीले जनाएको छ ।

आगलागी गाउँले र प्रहरी मिलेर झण्डै २ घण्टापछि नियन्त्रणमा लिएका छन् ।