logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कार्यपालिका सदस्यका लागि एड्भान्स मोड्यूल प्रशिक्षण सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, १६ बैशाख – सर्लाहीको लालबन्दीमा लैङ्गिक समानताका लागि स्थानीय सरकारमा निर्वाचित महिला कार्यपालिका सदस्यहरुका लागि एडभान्स मोड्यूल प्रशिक्षण सम्पन्न भएको छ ।

आइफिएस नेपालको प्राविधिक सहयोग, स्विस सरकार विकास सहयोग (एसडिसी), अष्ट्रेलियन सरकारको आर्थिक सहयोग र माण्डवीको आयोजनामा जिल्लाका पाँचवटा नगरपालिकाका निर्वाचित महिला कार्यपालिका सदस्यहरुलाइ प्रशिक्षण दिइएको हो । प्रशिक्षाणमा हरिपूर्वा, कविलासी, बागमती, बरहथवा र हरिवनका निर्वाचित २० जना कार्यपालिका सदस्यहरु सहभागी रहेको माण्डवीका जिल्ला कार्यक्रम अधिकृत रमा पौडेलले जानकारी दिए ।

शी लिड्स तालिमको यस एडभान्स मोड्यूल प्रशिक्षणले सहभागीहरुको नेतृत्वदायी भूमिकालाई निरन्तरता, आत्मविश्वास र सीपलाई अझ निखार्दै भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने बिश्वास लिएको कार्यक्रम अधिकृत पौडेलले बताईन् ।

प्रशिक्षणमा सहभागीलाई नेक मोहम्मद हुसैन र पुनम ठाकुरले सहजीकरण गरेको माण्डवीका जिल्ला कार्यक्रम संयोजक बैठाले जानकारी दिए । प्रशिक्षणमा राजनीतिक दलसँगको संलग्नता, अनुभव र रणनीतीहरुको आदानप्रदान, लैंगिक उत्तरदायी बजेट र निर्वाचित महिला जनप्रतिनीधिहरुको भूमिका, जलवायु परिर्तनलाइ सम्बोधन गर्न समावेशी कार्य, शुसासन र समावेशीकरण, निर्वाचन र राजनितिमा महिला बिरुद्ध हुने हिंसा र जलवायु परिबर्तन र नितिगत ब्यवस्थाहरु सम्बन्धि बिषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणले आफूलाई निर्धक्क संग बोल्न सिकाएको हरिवन १० का वडासदस्य अन्जना शर्मा शिवाकोटीले बताईन् । उनले आगामी निर्वाचनका लागि वडाअध्यक्ष, उपप्रमुख वा नगर प्रमुखको उम्मेदवारीका लागि हिम्मत बढाएको बताए ।

यस परियोजनाले मुख्यतः कार्यक्रम संचालन भएका पालिकाहरुका वडा तहमा निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रकृयाम र आगामी निर्वाचनमा महिला उम्मेदवारको अर्थपुर्ण सहभागिताका लागि समग्र नेतृत्व क्षमता सुदृढ गर्ने लक्ष्य लिएको माण्डवीका अध्यक्ष अन्जु झाले बताईन् ।