logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

निर्माणाधीन रेल्वे ट्रयाकबाट मोटरसाइकल खस्यो, चालकको मृत्यु


  • उज्यालो अभियान

लालबन्दी, १४ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिक रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

लालबन्दी २ स्थित पुर्नवासतर्फबाट जब्दी आइरहेको ज ११ प ७५४८ नम्वरको मोटरसाइकल निर्माणाधीन रेल्वे ट्रयाकबाट तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दी घर भएका ५० वर्षीय राजकुमार चौधरीको ज्यान गएको हो । राति ८ः५० बजेतिर मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र चालक लडिरहेको देखेपछि एक जना स्थानीय अटो चालकले लडिरहेका व्यक्तिलाई उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल ल्याए ।

अस्पताल ल्याएपछि चेकजाँचका क्रममा मोटरसाइकलका चालक चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले बताए । इन्स्पेक्टर केसीका अनुसार मृतक चौधरीको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

लालबन्दी क्षेत्रमा अहिले रेल्वे ट्रयाक निर्माणको काम धमाधम चलिरहेको छ ।