logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वाको धोबियाहीमा भिषण आगलागी, नियन्त्रणको प्रयास चल्दै


  • उज्यालो अभियान

हरिपूर्वा, वैशाख १३ – सर्लाहीको हरिपूर्वा नगरपालिका ५ स्थित धोबियाही गाउँमा अहिले भिषण आगलागी भइरहेको छ ।

आगलागीबाट ५ वटा घर जलिसकेका स्थानीय सन्चारकर्मी मुकेश झाले उज्यालो अभियानसँग बताए । उनका अनुसार अहिले स्थानीयवासी र सुरक्षाकर्मी भएर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

हरिवन नगरपालिकाको दमकल पनि भर्खरै घटनास्थलमा पुगेको छ ।

आगलागीको कारण खुल्न सकेको छैन् । हावा चलिरहेकाले आगो निभाउन समस्या परिरहेको छ ।