logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

विकाउ मन्सुरको श्रद्धान्जली सभा


  • उज्यालो अभियान

चन्द्रनगर, १३ बैशाख – सर्लाहीको चन्द्रनगर गाउँपालिका ५ मोहनपुरमा हिजो नेपाली कांग्रेसले श्रद्धान्जली सभा गरेको छ ।

पार्टीका पूर्व महासमिति सदस्य तथा तत्कालिन मोहनपुर गाविसका अध्यक्ष बिकाउ मन्सुरको निधन भएको १० औँ दिनको तिथीमा कांग्रेसले हिजो दिउँसो उनकै निवासमा श्रद्धान्जली सभा गरेको हो । कांग्रेस क्षेत्र नं. १ (क) का क्षेत्रीय सभापति अनिल कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति लक्ष्मण राय र सत्यदेव सिंह, क्षेत्र नं. १ (ख) का कोषाध्यक्ष शालिग्राम लम्साल, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोसहितले मन्सुरले सामाजिक तथा राजनीतिक क्षेत्रमा पुुर्याएका योगदानको चर्चा गरे ।

श्रद्धान्जली सभामा माओवादीसहित अन्य पार्टीका नेताहरु पनि सहभागी भएका कांग्रेस महासमिति सदस्य युवराज देवकोटाले जानकारी बताए ।