logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सशस्त्रद्वारा १० किलाे गाँजा बरामद्


  • उज्यालो अभियान

Oplus_131072

लालबन्दी, १२ वैशाख – सशस्त्र प्रहरी बल हरिवन सुरक्षा बेस क्याम्पकाे टाेलीले १० किलाे गाँजा बरामद् गरेकाे छ ।

बुधबार राती पाैने १ बजे लालबन्दी नगरपालिका-१७ स्थित फुलजोर खोला नजिकैबाट उक्त गाँजा बरामद् गरिएकाे सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) आनन्द खनालले जानकारी दिए । गाँजा ओसारपसार हुदैछ भन्ने विशेष सूचनाका आधारमा डीएसपी खनालकाे नेतृत्वमा सशस्त्र प्रहरीकाे टाेली उक्त क्षेत्रमा रात्री गस्तीमा निस्केकाे थियाे ।

एउटा मोटरसाईकलमा २ जना व्यक्तिहरु रन्जितपुर हुँदै टिकुलिया तर्फ आउदै गरेको अबस्थामा गस्ती टाेलीलाई देख्ने बितिकै माेटरसाईकल घुमाएर घुमाई भागेको र पिछा गर्ने क्रममा मकैबरीमा २ पटा पाेका फालेर उनिहरु भने फरार हुन सफल भएकाे डीएसपी खनालले जानकारी दिए । बरामद् रातो प्लाष्टिक र टेपले `र्यापिङ’ गरेकाे ५/५ किलाेको २ वटा पोका गाँजा आवश्यक अनुसन्धान तथा कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएकाे छ ।