लालबन्दी, ११ बैशाख – केही दिनअघि मधेश प्रदेश सरकारको बिना विभागिय मन्त्रीमा नियुक्त भएकी सर्लाहीकी प्रदेशसभा सदस्य बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको कार्यभार पाउने भएकी छन् ।
स्रोतका अनुसार मन्त्री लुंगेलीले सो मन्त्रालय प्राप्त गर्ने पक्कापक्की जस्तै भएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले अहिले श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय आफैसँग राखेका छन् ।
ति दुई मन्त्रालयमध्ये मन्त्री लुंगेलीले श्रम तथा यातायात मन्त्रालय पाउने निश्चित जस्तै रहेको समाचार स्रोतले जनाएको छ । लुंगेलीले पर्सीसम्ममा सो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने बुझिएको छ ।
सर्लाहीको क्षेत्र नं. १ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य लुंगेली मन्त्रीमा नियुक्त भएपछि अहिले शुभकामना तथा बधाई लिने कार्यमा व्यस्त छिन् । उनलाई पार्टी तथा पार्टी निकट विभिन्न संघसंगठन, विभिन्न संघसंस्था र समुदाय स्तर तथा शुभेच्छुकले सम्मान तथा बधाई ज्ञापन गरिरहेका छन् ।
मन्त्रीमा नियुक्त भएपछि उनले शहीदको शालिकमा माल्र्यापण गर्ने, आश्रममा वृद्धवृद्धालाई भेटेर आर्शिवाद लिने, बालगृहका बालबालिकालाई भेट गर्ने जस्ता काम गरिरहेकी छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीको नेतृ समेत रहेकी लुंगेली यो क्षेत्रबाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।