पूर्व पश्चिम राजमार्गस्थित हरिवन बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, ९ बैशाख – सर्लाहीमा आज अत्यधिक तातो हावा चलिरहेको छ ।
यहाँ मध्यान्हदेखि निकै तिव्र गतिमा तातो हावा चलिरहेको हो । तातो हावा चल्दा बाहिर निस्कनै गाह्रो छ ।
जताततै धुलो उडिरहेको छ । तातो हावाले पैदलयात्रु तथा मोटरसाइकल चाकल निकै प्रभावित बनिरहेका छन् ।
जिल्लाको तापक्रम आज ४० डिग्री सेल्सीयस पुगेको छ ।